Full width home advertisement

Travel the world

Climb the mountains

Post Page Advertisement [Top]

Artical

आफ्नो पैसा जस्तो ध्यान दिएर अरुको पैसा कसैले पनि खर्च गर्दैन ।

आफ्नो पैसा जस्तो ध्यान दिएर अरुको पैसा कसैले पनि खर्च गर्दैन ।


कहिल्यै अचम्म मान्नु भएको ५ सरकारले ६०० डलर पर्ने हथौडा र  ८०० डलर पर्ने ट्वाइलेट सीट  खरिद गरेको सुन्दा ? तपाईले यो देशको चप्पा चप्पामा गएर खोज्नु भयो भने पनि त्यस्तो व्यक्ति पाउनुहँुदनै जसले आफ्नो पैसा भएको भए त्यसरी खर्च गर्नेथियो र पनि यस्ता फजूल खर्च सरकारी तथा जीवनमा अन्य अवस्थामा पनि भइरहेका हुन्छन् । किन? किनकी ती सबै अवस्थामा खर्च गर्ने व्यक्तिले अरु कसैको पैसा खर्चिरहेको हुन्छ ।Image result for paisa

अर्थशास्त्री मिल्टन फ्रिड्म्यानले यस कुरालाई विस्तृत रुपमा व्याख्या गर्नुभएको छ  र उहाँले औल्याउनुभएको छ पैसा खर्च गर्ने चार तरिका हुन्छन् । जब तपाई आफ्नो पैसा आफूमाथि खर्चिनु हुन्छ तपाईले कमैमात्र गल्ती गनुहुन्छ । पैसा कमाउने खर्च गर्ने र त्यसबाट लाभ हुने व्यक्तिबीचको सम्बन्ध दरिलो प्रत्यक्ष र तत्काल को हुन्छ ।

जब तपाई आफ्नो पैसा अरु कसैलाई उपहार किनिदिनको लागि प्रयोग गर्नुहुन्छ तपाईलाई आफ्नो पैसाको सहि मूल्य पाउने प्रेरणा त हुन्छ तर तपाईले प्रापकले चाहेजस्तै वा उसलाई आवश्यक परेकै चीज किन्नु हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।

जब तपाई अरु कसैको पैसा आफ्नो लागि केही किन्नको लागि प्रयोग गर्नुहुन्छ जस्तै खर्चको खाताबाट आफ्नो लागि खाजा खान भने तपाईलाई सही वस्तु पाउने प्रेरणा हुन्छ तर मितव्ययी बन्ने कुनै प्रेरणा हुँदैन ।

अन्त्यमा जब तपाई अन्य व्यक्तिको पैसा अरु कसैको लागि केही किनिदिन प्रयोग गर्नुहुन्छ भने उक्त अवस्थामा कमाउने खर्च गर्ने र लाभ पाउने व्यक्तिबीच कुनै सम्बन्ध हुँदैन जसले गर्दा फजूल खर्च हुने स्रोत हिनामिना हुने सम्भावना सबैभन्दा धेरै हुन्छ । सोच्नुस् त कुनै व्यक्ति अरु कसैको पैसा अरु नै कोहीको लागि खर्च गरिराखेको छ । सरकारले सधै गर्ने नै त्यही हो । र यसै कारणले गर्दा सरकारी स्तरमा धेरै फजुल खर्च हुन्छन् । 

No comments:

Post a Comment

Bottom Ad [Post Page]

| Designed by Colorlib