सिद्धान्त सातआजादीले नै संसारमा सबै फरक पार्दछ ।
माथिका ६ सिद्धान्तहरु मार्फत पनि अझै आफ्नो कुरामा प्रशस्त जोड दिन सकिनकी जस्तो लागेर मैले यो सातौं र अन्तिम सिद्धान्त थपेको छु ।
आजादी कुनै एउटा राम्रो वा आरामदायी विचार मात्रै होइन् । न त यो कुनै सुखद परिस्थिति वा आत्मरक्षाको कुनै साधारण अवधारणा मात्रै नै हो । आजादी त्यस्तो कुरा हो जसले अरु सम्पूर्ण कुरा हुनमा अह्म भूमिका खेल्छ । आजादी नहुने हो भने राम्रोमा जीवन निरर्थक हुन्छ नराम्रोमा जीवन नै रहदैन् ।
जुन सार्वजनिक नीतिले आजादी हटाउँछ वा आजादीलाई संरक्षण वा सुढ्रीडिकरन गर्ने काम गदैन भने त्यस्ता सार्वजनिक नीतिप्रति स्वतन्त्रताप्रेमीहरु सजग र सशंकित हुनु जरुरी छ । उनीहरुले सोध्नुपर्छः हामीले हाम्रो आजादी दिए वापत के पाइराखेका छौ त? आशा गरौं यो कुनै अल्कपलीन लाभ नहोंस् । अझ बेन फ्र्यन्क्लिनले त हामीलाई सल्लाह दिएका छन "जो अस्थायी सुरक्षा किन्नका लागि आफ्नो आधारभूत स्वतन्त्रता दिन तयार हुन्छन् उनीहरु न त सुरक्षाका हकदार हुन्छन् न त स्वतन्त्रता कै ।
आजकल प्रायः नीति निर्माताहरु नयाँ नीति बनाउँदा स्वतन्त्रतालाई के असर पर्छ भन्ने विचार नगरिकन बनाउँछन् । आफूलाई राम्रो महशुस भयो भने वा राम्रो सुनियो भने वा आफूलाई निर्वाचित गराउन मदत गर्ने किसिमको नीति देखे भने बनाइहाल्छन् । जसले स्वतन्त्रताका आधारलाई लिएर प्रश्न उठाउँछ उसलाई हास्यपद बनाउने वा पर सार्ने कोसिस गरिन्छ । आज सबै तहको सरकारले हामीले गरेको सम्पूर्ण उत्पादनको ४२ प्रतिशत लिएर जान्छ र उपभोग गर्छ जबकि १९०० सम्ममा केवल ६ देखि ७ प्रतिशत मात्र उपभोग गथ्र्यो । तर पनि थोरै मात्र मान्छेहरु ठूलो सरकारका समर्थकहरुलाई प्रश्न गर्छन,"४२ प्रतिशतले किन पुग्दैन?" "अझै कति चैं चाहन्छौ तिमीहरु?" वा "कति सम्म चाहिँ मानिसले आफ्नो श्रमको फल पाउनुपर्छ भनेर सोच्छौं तिमीहरु?"

hhh
ReplyDelete